Deurali Ban Logo
श्री देउराली सामुदायिक वन उपभोक्ता समूह

गैंडाकोट-३, ढोडेनी, नवलपरासी पूर्व

Nepali Flag
२५औँ वार्षिक साधारण सभा सम्पन्न — २५औँ वार्षिक साधारण सभा सम्पन्न आज मिति २०८३ भदौ १६ गते मंगलबार श्री देउराली सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारण सभा भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। समूहका अध्यक्ष श्री नर बहादुर मुक्मी मगर ज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय, नवलपुर, नवलपरासी (ब.सु.पू.) का डिभिजनल वन अधिकृत श्री विष्णु प्रसाद अधिकारी ज्यूको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी गैँडाकोट नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष श्री शिवकान्त तिवारी ज्यू र सब–डिभिजन वन कार्यालय, गैँडाकोटका वन अधिकृत श्री सन्तोष मिश्र ज्यूको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा विभिन्न जनप्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरू, समूहका कार्यसमिति सदस्यहरू, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरू र उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सभामा समूहको वार्षिक प्रगति, वन संरक्षण तथा व्यवस्थापन, उपभोक्ताको हित, वातावरण संरक्षण, सामाजिक तथा आर्थिक विकासलगायतका विविध विषयमा छलफल गरिएको थियो। साथै आगामी दिनमा सामुदायिक वनको दिगो व्यवस्थापन, संरक्षण तथा विकासका लागि आवश्यक योजना र कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। समूहको २५औँ वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण अतिथिज्यूहरू, जनप्रतिनिधिज्यूहरू, संघ–संस्थाका प्रतिनिधिहरू, कार्यसमिति तथा उपसमितिका पदाधिकारी एवं सदस्यहरू र सम्पूर्ण उपभोक्ताहरूमा श्री देउराली सामुदायिक वन उपभोक्ता समूह हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।

वन संरक्षण

हाम्रो प्रतिबद्धता

समुदाय विकास

हाम्रो अभियान

दिगो उपयोग

हाम्रो लक्ष्य

सहकार्य र समर्पण

हाम्रो शक्ति

हाम्रो कथा

परिचय र ऐतिहासिक पृष्ठभूमि

देउराली सामुदायिक वन ऐतिहासिक रूपमा घना साल वनले ढाकिएको थियो, जहाँ विभिन्न वन्यजन्तुहरूको प्राकृतिक बासस्थान थियो।

२०१८ साल देखि तनहुँ र पाल्पाबाट बसाइँसराइको चाप बढ्न थाल्यो, र २०३६ सालपछि अवैध कटान तथा अतिक्रमण तीव्र भयो।

२०५२ सालमा स्थानीयहरूले मिलेर संरक्षण अभियान सुरु गरे। २०५९/१०/०८ मा समूह औपचारिक रूपमा दर्ता भयो र २०६३/०८/११ मा वन हस्तान्तरण भयो।

२०७४ देखि वैज्ञानिक वन व्यवस्थापन कार्यान्वयन भयो र वन ऐन २०७६ तथा नियमावली २०७९ अन्तर्गत दिगो वन व्यवस्थापन निरन्तर रहेको छ।

२०५२

संरक्षण प्रारम्भ

२०५९

समूह दर्ता

२०६३

वन हस्तान्तरण

२०७९

नयाँ कार्ययोजना
श्री नर बहादुर मुक्मी मगर
श्री विजेश आले
वन प्रोफाइल

हाम्रो वनको परिचय

क्षेत्रफल, माटो, उचाई र सिमानाको विस्तृत जानकारी।

कुल क्षेत्रफल

९५१.१४ हे.

उत्पादनशिल क्षेत्र

६६५ हे.

उचाई

२००–६०० मी.

भिरालोपना

५°–४५°

मुख्य वन प्रकार

प्राकृतिक साल वन

माटो

खैरो, रातो, गेग्रान

छत्र घनत्व

४०–७५%

दिशा

दक्षिणमुखी

वनको चार किल्ला

पूर्व
हर्दिकेलादी सामुदायिक वन
पश्चिम
देउराली गाउँ
उत्तर
कालीगण्डकी नदी
दक्षिण
जयश्री खोला
दृष्टिकोण र उद्देश्य

हाम्रो दृष्टिकोण

“दिगो वन व्यवस्थापन मार्फत वन पैदावार, जैविक विविधता, वातावरणीय सन्तुलन तथा सामुदायिक समृद्धि सुनिश्चित गर्ने।”

दीर्घकालीन उद्देश्य
जैविक विविधता संरक्षण
गैरकाष्ठ वन पैदावार
कार्बन संचिती वृद्धि
वनमा आधारित उद्यम
महिला र विपन्न जीवनस्तर
पर्यापर्यटन विकास
अल्पकालीन उद्देश्य
वन संरक्षण र व्यवस्थापन
वृक्षारोपण
व्यवसायिक खेती
जलवायु अनुकूलन
बहुउपयोगी वनस्पती विकास
प्राकृतिक पुनर्जनन संरक्षण
समुदाय

हाम्रो समुदाय, हाम्रो शक्ति

३५९

घरधुरी

१६८६

जनसंख्या

६६

ब्राह्मण/क्षेत्री

२६९

जनजाति

२४

दलित

२९१

विपन्न परिवार

कर्मचारी
Scroll to Top