Deurali Ban Logo
श्री देउराली सामुदायिक वन उपभोक्ता समूह

गैंडाकोट-३, ढोडेनी, नवलपरासी पूर्व

Nepali Flag
२५औँ वार्षिक साधारण सभा सम्पन्न — २५औँ वार्षिक साधारण सभा सम्पन्न आज मिति २०८३ भदौ १६ गते मंगलबार श्री देउराली सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारण सभा भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। समूहका अध्यक्ष श्री नर बहादुर मुक्मी मगर ज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय, नवलपुर, नवलपरासी (ब.सु.पू.) का डिभिजनल वन अधिकृत श्री विष्णु प्रसाद अधिकारी ज्यूको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी गैँडाकोट नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष श्री शिवकान्त तिवारी ज्यू र सब–डिभिजन वन कार्यालय, गैँडाकोटका वन अधिकृत श्री सन्तोष मिश्र ज्यूको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा विभिन्न जनप्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरू, समूहका कार्यसमिति सदस्यहरू, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरू र उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सभामा समूहको वार्षिक प्रगति, वन संरक्षण तथा व्यवस्थापन, उपभोक्ताको हित, वातावरण संरक्षण, सामाजिक तथा आर्थिक विकासलगायतका विविध विषयमा छलफल गरिएको थियो। साथै आगामी दिनमा सामुदायिक वनको दिगो व्यवस्थापन, संरक्षण तथा विकासका लागि आवश्यक योजना र कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। समूहको २५औँ वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण अतिथिज्यूहरू, जनप्रतिनिधिज्यूहरू, संघ–संस्थाका प्रतिनिधिहरू, कार्यसमिति तथा उपसमितिका पदाधिकारी एवं सदस्यहरू र सम्पूर्ण उपभोक्ताहरूमा श्री देउराली सामुदायिक वन उपभोक्ता समूह हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।

आ.व.०८२/०८३ मा यस समूहले गरेका कार्यहरुको विवरणहरु ।

क) वन संरक्षण सम्बर्द्धन र विकास कार्यक्रम :
  • सामुदायिक वन क्षेत्रभित्र हुनसक्ने वन पैदावार चोरी निकाशी तथा अन्य अपराधिक क्रियाकलापहरुलाई रोकथाम नियन्त्रण गर्नका लागि वन हेरालु, कार्यसमिति तथा वन कार्यालयको कर्मचारीहरुको साथमा गस्ति परिचालन गरिएको ।
  • वन क्षेत्रको अव्यवस्थित रुपमा रहेका झाडि र रोगि बोट विरुवाहरुलाई हटाई वन व्यवस्थापन तरिकाबाट वनको व्यवस्थापन गरेर वनको हैसियतमा सुधार ल्याउने कार्यमा उपभोक्ता सदस्यहरुको प्रत्यक्ष सहभागितामा झाडि सफाई गरिएको ।
  • समूहको क्षेत्रभित्र रहेको अग्निपथहरुलाई दैनिक ज्यालादारी तथा व्लोअर मेसिन खरिद गरि सफाई तथा मर्मत गरिएको ।
  • अग्नि नियन्त्रण सम्बन्धि एक दिने सचेतना कार्यक्रम, समूहको अनलाईन पेजहरु, रेडियो, माईकिङ, सार्वजनिक सूचना, सवारी साधन तथा सावजनिक यातायात सचेतनाको प्लेकार्ड, फ्लेक्स व्यानर मार्फत सूचना प्रसारण गरिएको ।
  • वन संरक्षण तथा संवर्द्धन कार्यमा विविध समयमा वन कार्यालयबाट खटि प्राविधिक सहयोग उपलब्ध गराउनुहुने प्राविधिकहरुलाई प्राविधि खर्च उपलब्ध गराईएको ।
  • वन संरक्षण संवर्द्धन र वन विकासका लागि गण्डकी प्रदेश गोरखा जिल्लामा रहेको सामुदायिक वनहरुको २ दिने अध्ययन अवलोकन भ्रमण सम्पन्न गरिएको ।
) वन पैदावर सदुपयोग कार्यक्रम:
  • समूहको कार्यक्षेत्र भित्र रहेका उपभोक्ता सदस्यहरुलाई आ.व.०८२/०८३ का लागि वन पैदावार माग फाराम संकलन गरिएको ।
  • समूहको स्विकृत वन कार्ययोजना अनुसार आ.व. ०८२/०८३ का लागि श्री डिभिजन वन कार्यालय नवलपुरको सहमतिमा सुखडखडा र ढलापढा रुख साल १२१, चाँप १ गरि कुल जम्मा १२२ वटा रुख कटान गरि साल गोलिया ६२१९.४९ घ.फि., साल चिरान ५०६.४२ र चाँप डुङ्गा ७२९.३७ घ.फि. गरि कुल जम्मा ७४५५.२८ घ.फि. र २० चट्टा दाउरा उत्पादन गरि आन्तरिक तर्फ ३७७.४४ घ. फि, दाउरा ३ चट्टा., आपुर्ति बाट १६४०.०७घ.फि., दाउरा ४ चट्टा, लिलामबाट ५४३७.७७ घ.फि. गोलिया, चिरान र डुङ्गा काठ र दाउरा १३ चट्टा विक्रि गरिएको ।
  • कटान मुछान कार्यमा समूहको उपभोक्ता सदस्यहरुलाई प्रति घ.फि.को आधारमा रकम भुक्तानी दिने गरि प्राथामिकतामा राखि उक्त कार्य संचालन गरिएको ।
ग) व्यवस्थापन कार्यालय र संस्थागत विकास खर्च:
  • समूहको कार्यालयबाट संचालन गरिने सम्पूर्ण आर्थिक कारोबारहरु कम्प्युटर सफ्टवेयर प्रणालीबाट संचालन गरिएको ।
  • समूहले आफ्‌नो क्षेत्रभित्र एकाघर परिवार छुट्टाभिन्न र अन्यत्रबाट बसाईसरी आएकाहरुलाई नियम वमोजिम सदस्यता वितरण तथा नविकरण कार्य गरिएको ।
  • कार्यालयलाई आवश्यक पर्ने मसलन्द, स्टेशनरी सामग्रि खरिद तथा छपाई गरिएको ।
  • विधान कार्ययोजना अनुसार समूहको कार्यसमितिको नियमित बैठक तथा आवश्यकता अनुसारको संयुक्त बैठ्क बसि छलफल गरि निर्णय गरिएको ।
  • समूहको कार्यालय तथा घाट्गद्दि सुरक्षाका लागि सिसि क्यामरा जडान गरिएको ।
  • समूहका कार्यरत कर्मचारी, कार्यसमिति गस्ति तथा अन्य कार्य उपस्थितिका लागि विद्युतिय हाजिरी मेसिन जडान गरि दैनिक हाजिरी प्रक्रियालाई पारदर्शि बनाईएको ।
  • आ.व. समाप्त भएको ३ महिना भित्र लेखा परिक्षण गरी साधारण सभा सम्पन्न गरिएको ।
  • समूहका संस्थापकहरुलाई साधारण सभाबाट सम्मान गरिएको ।
(घ) गरिवी न्यूनिकरण तथा जिविकोपार्जन कार्यक्रम :
  • यस कार्यक्रम अर्न्तगत गरिब तथा विपन्न उपभोक्ता सदस्यहरुको जिवनस्तरमा सुधार गर्ने उद्देश्यले समूहद्धारा संचालित वन व्यवस्थापन कार्यहरुमा गरिव विपन्न उपभोक्ताहरुलाई प्राथमिकतामा राखि उपभोक्ता सदस्यहरुलाई दैनिक ज्यालादारी रोजगारी उपलब्ध गराईएको
  • गरिव जेहेन्दार उत्कृष्ट विद्यार्थिहरुलाई प्रोहत्साहन गरिएको ।
  • गरिव विपन्न उपभोक्ता सदस्यलाई उपचारका लागि खर्च उपलब्ध गराईएको ।
  • समूहका उपभोक्ता सदस्यहरुको निधन हुँदा निजको घर परिवारलाई मृत्तक राहत उपलब्ध गराईएको ।
  • गरिव विपन्न उपभोक्ता सदस्यहरुका लागि घर निर्माण सामाग्रि उपलब्ध गराईएको ।
  • गरिव विपन्न उपभोक्ता सदस्यहरुलाई सर्वसुलभ मूल्यमा वन पैदावार उपलब्ध गराईएको ।
  • महिलाहरुका लागि आम्दानी मुलक कार्य गर्न आवश्यक सामग्रि उपलब्ध गराईएको ।
  • आयमुलक व्यवसाय संचालन गर्ने गरिव विपन्न उपभोक्ता सदस्यहरु ५ जना लाई मौरी गोला सहितको घार र ५ जना उपभोक्ता सदस्यलाई खुद्रा पसल संचालन गर्न समूहद्धारा ७५ प्रतिशत लगानी गरी व्यवसाय संचालनका लागि लगानी गरिएको ।
  • विउ विजन उपलब्ध गराईएको ।
() सामुदायिक विकास कार्यक्रम:
  • खेलकुद विकासका लागि खेल आयोजना गर्न खेलकुदका सामाग्रि उपलब्ध गराईएको ।
  • खानेपानिका लागि आवश्यक स्थानमा पाईपलाईन विस्तार गर्न सहयोग उपलब्ध गराईएको ।
  • सामुदायिक विद्यालय संचालनका लागि आवश्यक रकम उपलब्ध गराईएको ।
  • समूहको कार्यालय पछाडीको बाटो देखि लगहरा टोल जाने बाटो ग्राईवेल तथा मर्मत गरिएको
  • विभिन्न संघ संस्थासंग समन्वय गर्ने आवश्यक सामाग्रि खरिद गर्न र मन्दिर निर्माण गर्न रकम उपलब्ध गराईएको ।
  • उपभोक्ता सदस्य वा घरपरिवारहरुलाई मृत्युवरण दाहसंस्कार का लागि निशुल्क दाउरा उपलब्ध गराईएको ।
(च) पर्यापर्यटन विकास :
  • समूहको खण्ड नं.१ अन्तर्गत १.२४ हेक्टर क्षेत्रफलमा समूहका संस्थापक अध्यक्ष स्व. मनवीर थापाको स्मृतीमा पर्यापर्यटन व्यवस्थापन योजना अन्तरर्गत मनवीर स्मृती भयर थान पार्क निर्माण गरिएको ।
Scroll to Top