आ.व. ०८३/०८४ को वार्षिक निति तथा कार्यक्रमहरु ।
वन संरक्षण, सम्वर्द्धन र पर्यापर्यटन विकास कार्यक्रम :
१. समूहको आफ्नो वन क्षेत्रको संरक्षण सम्बर्द्धन तथा विकासका लागि वन हेरालु र कार्यसमितिको गस्तिलाई नियमित वन क्षेत्रभित्र खटाईने छ ।
२. वन क्षेत्रभित्र खाली रहेको ठाँउको अवलोकन गरि विभिन्न किसिमका बोटबिरुवाहरु उपलब्ध गराई वृक्षरोपण गरिने छ।
३. समूहको आफ्नो क्षेत्रभित्र गर्मियाममा लाग्ने अचानक डढेलो नियन्त्रणका लागि समिति, विभिन्न उपसमिति, उपभोक्ताहरूलाई समयमा नै सम्बन्धित निकायमा सम्पर्क समन्वय गरि आगालागि नियन्त्रण सम्बन्धि विभिन्न गोष्ठि तथा सचेतना कार्यक्रम संचालन गरिनेछ ।
४. समूहले आफ्नो वन क्षेत्रभित्र लाग्ने डढेलो नियन्त्रणको लागि अग्निपथ तथा फायर लाईन समयमानै निर्माण गरिनेछ ।
५. गर्मियाममा अचानक लाग्ने डढेलो नियन्त्रणका लागि स्थानिय रेडियो सूचना संचार माध्यममा, माईकिङ सचेतना समूहको अनलाईन पेजहरु, रेडियो, माईकिङ, सार्वजनिक सूचना, सवारी साधन तथा सावजनिक यातायात सचेतनाको प्लेकार्ड, फ्लेक्स व्यानर मार्फत सुचना प्रवाह गरि आगालागि नियन्त्रणमा सहभागि गराउनका साथै टोलटोलमा अग्नि नियन्त्रण उपसमिति गठन गरि सक्रिय रुपमा अग्नि नियन्त्रणमा सहभागि गराइनेछ ।
६. वन संरक्षण र सम्वर्द्धनका निम्ति वन गस्तिलाई चाहिने आवश्यक श्रोत र साधनको व्यवस्था मिलाइनेछ ।
७. वनमा अचानक लाग्ने डढेलो नियन्त्रणमा र वन विकासमा उल्लेखनिय रुपमा सहभागी हुनुहुने उपभोक्ताहरुलाई समूहले पुरस्कारको व्यवस्था मिलाई पुरस्कृत गरिनेछ ।
८. समूहले आफ्नो वन क्षेत्रभित्र रहेका बाङ्गाटिङ्गा लाथा हटाई राम्रो लोप हुन लागेका विभिन्न प्रजातिको विरुवा लाई संरक्षण गरी एक्लाउने, पत्ल्याउने कार्य गरिनेछ ।
९. समूहको आफ्नो वन क्षेत्रभित्र हुने भूक्षय र चरीचरन रोकथामको लागि वृक्षरोपण तथा होडिङ्ग बोर्डद्धारा सचेतना कार्यक्रम गरिनेछ ।
१०. समूहले वन संरक्षण र सम्वर्द्धनका साथै वन विकासलाई प्रभावकारी वनाउने उदेश्यले कार्यसमिति, विभिन्न उपसमितिहरु र उपभोक्ताहरुलाई अवलोकन भ्रमणको व्यवस्था गरिनेछ ।
११. वन भित्र प्राकृतिक रुपमा उम्रेका परजिवी प्रकारका झाडि तथा अनावश्यक लहराहरुको पहिचान गरि उखेल्ने/नष्ट गर्ने कार्य गरिनुको साथै वन गोडमेल झाडी सफाई लाई प्रभावकारी रुपमा अगाडि बढाई प्राङगारिक मलको रुपमा रुपान्तरण गरिनेछ ।
१२. वनलाई अतिक्रमणका चपेटाबाट जोगाउन आवदि र वन क्षेत्रको बिचबाट तारजाली लगाउने काम गरिने छ ।
१३. वनबाट हुन सक्ने वन पैदावार तथा जंगली जनावरको चोरी तस्करी नियन्त्रण गर्न प्रभावकारी कदम चालिने छ साथै सुराकीलाई बिशेष गोपनियताका साथ बिगो रकमको २५ प्रतिशत ले हुन आउने प्रोत्साहन वा पुरस्कार रकम उपलब्ध गरिने छ ।
१४. समूहको वन क्षेत्र भित्र रहेका विभिन्न प्रजातिका बहुमुल्य प्रजातिको पहिचान गरि आवश्यक संरक्षण गरिनेछ ।
१५. वन क्षेत्र भित्र रहेका पानीका मुहानलाई संरक्षण तथा सरसफाई गरिनेछ ।
१६. समूहको वन क्षेत्रभित्र रहेका रमणिय क्षेत्र व्यवस्थापनको लागि डिभिजन वन कार्यालय नलवपुर, नवलपरासी (ब.सु.पू.) को सहमती लिई अवलोकन घर, टावर, गोल घर, एव्म संरक्षण घर निर्माण गरिनेछ ।
१७. आवश्यक स्थानमा सहमती लिई प्रचलित कानुनको परिधि भित्र रहि हरित पार्क, उधान, पिकनिक स्पटको निर्माण गरिनेछ ।
१८. यस सा.व.उ.स.को क्षेत्र भित्र पर्ने अग्निपथहरुलाई रुख विरुवा हानी नोक्सानी नहुने गरि मर्मत तथा स्तरउन्नती गरिनेछ ।
१९. पानी सिंचाई तथा वन्यजन्तुका लागि सुख्खा क्षेत्रमा पानी पोखरी निर्माण गरिनेछ ।
२०. वन क्षेत्रमा रहेका लोपउन्मुख जडिबुटि संरक्षण गरिनेछ ।
कार्यालय संञ्चालन तथा संस्थागत विकास :
१. समूहले दैनिक कार्य संञ्चालन र आर्थिक कारोवार चुस्त दुरुस्त राख्नको लागि जडान गरिएको सफट्वेयरलाई निरन्तरता दिईनेछ ।
२. समूहको कार्यालयमा आवश्यक छपाई तथा स्टेशनरी सामाग्री खरिद गरिनेछ ।
३. समूहले समय अनुसार नयाँ सदस्यता आवेदन खुल्ला, सदस्यता नविकरण र वन पैदावार माग फारमका लागि निवेदन समयमानै खुल्ला गरिनेछ ।
४. समूहले आफ्नो कार्यालय विकास तथा स्तरउन्नतिका लागि पत्रपत्रिका, इन्धन, टेलिफोन, विद्युत, सुचना तथा संञ्चारलाई निरन्तरता दिइनेछ ।
५. समूहको कामको सिलसिलामा सम्बन्धित निकायमा सम्पर्क समन्वय गर्नको लागि खटिने समिति तथा कर्मचारीलाई यातायात, इन्धन, टेलिफोन, संञ्चारको ठाँउ हेरी रकमको व्यवस्था मिलाइनेछ ।
६. समूहले संस्थागत विकासको लागि समिति, उपसमिति र उपभोक्ताहरुलाई अभिमुखिकरण गोष्ठि तथा तालिमको व्यवस्था मिलाईनेछ ।
७. समूहको संस्थागत विकासका लागि आवश्यक फर्निचरहरु खरिद गरिनेछ ।
८. समूहको संस्थागत विकासका लागि प्रविधि व्यवस्थापन गरि सशक्त तरिकाबाट कार्यालय संचालन गरिनेछ ।
९. समूहमा कार्यरत कर्मचारीहरुलाई सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७५ को अधिनमा रहि प्रत्येक कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गरिनेछ ।
आय आर्जन गरिवी न्यूनिकरण कार्यक्रम :
१. समूहले समूहको कार्यक्षेत्रभित्र भएका गरिव, विपन्न र दलित परिवारका जेहेन्दार बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा अध्ययन गर्न तथा शिक्षाबाट बञ्चित नहुनको लागि छात्र/छात्रावृतिलाई निरन्तरता दिईनेछ ।
२. समूहको क्षेत्रभित्रका गरिव विपन्न परिवारमा बिरामी हुँदा सानो औषधि उपचारबाट बञ्चित भएकाहरुलाई दिईदै आएको सहयोग रकमलाई परिमार्जन गरि स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
३. समूहको क्षेत्रभित्रका गरिव विपन्न परिवारको आयआर्जन सुधार कार्य जस्तै: कृर्षि, पशुपालन, लघु उद्यम गर्नका लागि आवश्यक सहयोग गरिनेछ ।
४. समूहको कार्यक्षेत्र भित्रका गरिव विपन्न तथा आर्थिक विपन्न महिलाहरुलाई सशक्त बनाइ सिपमूलक तालिम गराई आयआर्जनको कार्य गरिनेछ ।
५. समूहको कार्यक्षेत्र भित्रका गरिब विपन्न तथा फरक क्षमता भएका उपभोक्ताहरुको जिविकोपार्जन कार्यका लागि तालिम, गोष्ठि, भ्रमण आदिको व्यवस्था मिलाइने छ ।
६. वन संरक्षणको क्रममा हुने दैनिक ज्यालादारि काममा सर्वप्रथम गरिव विपन्न परिवारका उपभोक्ता सदस्यहरु छनोट गरि दैनिक ज्यालादरी रोजगारीलाई निरन्तरता दिईनेछ ।
सामुदायिक विकास:
१. विगत बर्षहरुमा दिइदै आएको विद्यालय सञ्चालन सहयोग रकमलाई निरन्तरता दिइने छ ।
२. खानेपानी तथा सरसफाई सम्बन्धि चेतनामूलक कार्यक्रम ल्याइनुका साथसाथै समूहले निश्चित रकम उपलब्ध गराउने छ।
३. युवाहरुलाई खेलकुद तथा वन संरक्षणमा जागरुक बनाउनको लागि समूहले निश्चित रकम उपलब्ध गराउने छ।
४. समूहले समूह क्षेत्रभित्र रहेका धार्मिक मठमन्दिर, गुम्बा तथा संघ संस्थाहरुलाई सहयोग गरिनेछ
५. समूहको समूह क्षेत्रभित्र बनाईएको सामाजिक संरचना बाटाघाटा, नालि, पुल ठाँटि र चौतारा निमार्णका लागि सहयोग रकम उपलब्ध गराइने छ ।
वन पैदावार सदुपयोग कार्यक्रम:
१. समूहले आ.व.०८३/०८४ का लागि वन पैदावार सदुपयोग अन्र्तगत वन क्षेत्रमा भएका सुखड खडा, ढलापडा रुखहरुको लगत तथा नाप साईज लिई नियम अनुसार वन कार्यालयबाट स्वीकृत लिई समयमानै संकलन सदुपयोग व्यवस्था गरिनेछ ।
२. समूहले वन पैदावार निकासी गर्दा आवश्यक औजारहरु खरिद गरिनेछ ।
३. वन पैदावार निकासी कामदार प्रति क्यू.फि. दररेट मुल्य टेण्डर आह्वान गरि घटिघटाउ दररेटमा अथवा जिल्लाको दैनिक ज्यालादारी दररेटमा समूहको उपभोक्ताहरुलाई नै काम लगाईनेछ ।
४. वन पैदावार कटान मुछान ओसारपसारको क्रममा कामदारहरुलाई चोटपटक लागेमा औषधी उपचारको व्यवस्था मिलाईनेछ अथवा विमा कम्पनी सँग परामर्श गरि विमा गरिनेछ ।
५. समूहले वन पैदावार सदुपयोग अन्र्तगत निकासीको समयमा खटिने प्राविधिक तथा समितिका पदाधिकारी र सदस्यहरुलाई खाजा तथा भत्ताको व्यवस्था गरिनेछ ।
६. वन ऐन २०७९ मा प्रवर्द्धन भए अनुसार वन पैदावार बिक्रि वितरण दररेट सोहि अनुसार गरिनेछ ।