Deurali Ban Logo
श्री देउराली सामुदायिक वन उपभोक्ता समूह

गैंडाकोट-३, ढोडेनी, नवलपरासी पूर्व

Nepali Flag
२५औँ वार्षिक साधारण सभा सम्पन्न — २५औँ वार्षिक साधारण सभा सम्पन्न आज मिति २०८३ भदौ १६ गते मंगलबार श्री देउराली सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारण सभा भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। समूहका अध्यक्ष श्री नर बहादुर मुक्मी मगर ज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय, नवलपुर, नवलपरासी (ब.सु.पू.) का डिभिजनल वन अधिकृत श्री विष्णु प्रसाद अधिकारी ज्यूको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी गैँडाकोट नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष श्री शिवकान्त तिवारी ज्यू र सब–डिभिजन वन कार्यालय, गैँडाकोटका वन अधिकृत श्री सन्तोष मिश्र ज्यूको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा विभिन्न जनप्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरू, समूहका कार्यसमिति सदस्यहरू, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरू र उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सभामा समूहको वार्षिक प्रगति, वन संरक्षण तथा व्यवस्थापन, उपभोक्ताको हित, वातावरण संरक्षण, सामाजिक तथा आर्थिक विकासलगायतका विविध विषयमा छलफल गरिएको थियो। साथै आगामी दिनमा सामुदायिक वनको दिगो व्यवस्थापन, संरक्षण तथा विकासका लागि आवश्यक योजना र कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। समूहको २५औँ वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण अतिथिज्यूहरू, जनप्रतिनिधिज्यूहरू, संघ–संस्थाका प्रतिनिधिहरू, कार्यसमिति तथा उपसमितिका पदाधिकारी एवं सदस्यहरू र सम्पूर्ण उपभोक्ताहरूमा श्री देउराली सामुदायिक वन उपभोक्ता समूह हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।

ऐतिहासिक पृष्ठभूमि
यस सामुदायिक वन भएको क्षेत्र साबिक पाल्पा जिल्ला र तनहुँ जिल्ला हाल नवलपरासी जिल्लाको पूर्वी पहाडी क्षेत्र भित्रको गैंडाकोट न.पा. वार्ड नं. ३ मा अवस्थित छ। पहिले जङ्गली जनावरको त्यतिकै त्रास रहेको यस घना सालको जङ्गल रहेको वन क्षेत्रमा खासगरी वि.स. २०१८ साल देखि तनहुँ जिल्ला र पाल्पा जिल्लाबाट आएका मानिसहरूको बसाई सराईको चापले गर्दा सुकुमबासी वस्ति विस्तार भई निरन्तर रूपमा वन जङ्गल मासिन थाल्यो। परापूर्वकालमा अतिक्रमण हुने जङ्गलको रूपमा चर्चामा आएको यस वन क्षेत्रमा बढ्दो जनघनत्वको कारण वि.स. २०३६ साल पश्चात् समय समयमा हुने राजनैतिक उतार चढाउ सँगै अवैध कटानी गरी मनोमानी ढङ्गले काठ-दाउरा विक्री वितरण गर्ने र वन क्षेत्र अतिक्रमण गरी वस्ति बसाल्ने कार्य क्रमिक रूपमा तीव्र हुन थाल्यो वन विनाशबाट वातावरण तथा जनमानसमा पर्ने प्रत्यक्ष असरलाई मध्यनजर गरी वन जङ्गल जोगाउन पर्छ भन्ने भावनाले अभिप्रेरीत भई यस क्षेत्रमा देउराली नामकी देवीको मन्दिर रहेकाले देउराली सामुदायिक वनको नामकरण गरी वि.स.२०५२ साल देखि वन प्राविधिकको सहयोगमा गाउँ स्तर बाट नै वन संरक्षण तथा व्यवस्थापन कार्यको सुरुवात गरियो। चोरी निकासी तथा आगलागी नियन्त्रण, अतिक्रमण तथा चरी चरण निषेध गर्ने जस्ता उल्लेखनीय कार्यहरू गरी वनको अवस्था र हैसियतमा क्रमशः सुधार हुँदै जान थाल्यो र नेपाल सरकारले मात्र वन संरक्षण गर्न कठिनाइ भएको अवस्थामा स्थानीय जनताहरूको सहभागितामा वन संरक्षण, व्यवस्थापन तथा सदुपयोग गर्ने सामुदायिक वनको अवधारणा, वन ऐन २०४९ तथा वन नियमावली २०५१ मा व्यवस्था गरिए अनुरूप वैधानिक रूपमा वनको व्यवस्थापन गर्न वि.स.२०५९/१०/०८ मा देउराली सामुदायिक वन उपभोक्ता समूहको विधान तयार गरी तत्कालीन जिल्ला वन कार्यालय नवलपरासीमा दर्ता गरियो। तत् पश्चात् सामुदायिक वन व्यवस्थापन कार्ययोजना तयार गरि वि.स. २०६३/८/११ मा सामुदायिक वनको रूपमा स्थानीय समूहलाई हस्तान्तरण पश्चात् वन संरक्षण, व्यवस्थापन र सदुपयोग कार्यलाई निरन्तरता दिँदै आइरहेको छ। यस देउराली सामुदायिक वनको कार्ययोजना २०६३ को पहिलो संशोधन, २०६८/१०/१२ मा पहिलो पटक नवीकरण भएको थियो।

नवलपरासी (व.सु.पूर्व) जिल्ला अन्तर्गत रहेको विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरूले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अनुसार वनको व्यवस्थापन गरी रहेको अवस्थामा यस सामुदायिक वन समेत उक्त व्यवस्थापन पद्धति अनुसार वन व्यवस्थापन गर्न उपयुक्त देखिएको हुँदा मिति २०७४।१०।२८ मा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ बमोजिम १० वर्षे वन कार्य योजना तयार भई संरक्षण, व्यवस्थापन र सदुपयोग भई रहेको थियो। नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७७/०२/१५ को निर्णय अनुसार वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज भए पश्चात् वन संरक्षण बाहेकका सम्पूर्ण कार्यहरू रोक्का भाएको हुँदा कुनै पनि वन पैदावार सङ्कलन तथा विक्री वितरण गर्न नपाइएको हुँदा आम उपभोक्तालाई आवश्यक पर्ने वन पैदावारको आपूर्ति हुन नसकेको र समूहको आम्दानी समेत नुहुँदा कार्यालय सञ्चालन तथा वन संरक्षणमा समेत कठिनाइ उत्पन्न भयो हाल सामुदायिक वन उपभोक्ता समूहको चाहना अनुरूप वन ऐन २०७६ तथा वन नियमावली २०७९ अनुसार दिगो वन व्यवस्थापनमा आधारित रहि पुन वनको श्रोत सर्वेक्षण गरी वन कार्य योजना नवीकरण गरिएको छ।

यस सामुदायिक वनको ९५१.१४ हे. भूभाग स्थानीय वन समूहद्वारा संरक्षण, संवर्द्धन तथा सदुपयोग गर्दै आई रहेकोमा उत्तर तर्फको यसै समूह बाट परम्परा देखि संरक्षण गर्दै आइरहेको राष्ट्रिय वनको केही भाग समेत वनको संरक्षण गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहको चाहना र प्राविधिक दृष्टिकोणले थप गर्न अत्यावश्यक देखिएको हुँदा स्थानीय तह र सबडिभिजन वन कार्यालयको सिफारिसमा डिभिजन वन कार्यालय नवलपुरको अग्रिम सहमति लिई उक्त क्षेत्र समेत समावेश गरी वनको पुन सर्भे गर्दा सामुदायिक वनको क्षेत्रफल ९५१.१४ हेक्टर कायम हुन आएको छ। सामुदायिक वनलाई भौगोलिक आधारमा ६ खण्डमा विभाजन गरी प्रचलित कानुनको अधीनमा रहने गरी सर्वसम्मत रूपमा साधारण सभाबाट अनुमोदन गरी दिगो वन व्यवस्थापन पद्धति अपनाई वनको व्यवस्थापन गर्ने उद्देश्य साथ १० (दश) वर्षका लागी तेस्रो पटक पुनरावलोकन गरी वन कार्य योजना तयार गरिएको छ ।

संक्षिप्त परिचय

  • संरक्षण प्रारम्भ: २०५२ साल
  • समूहको विधान दर्ता मिति: २०५९/१०/०८
  • समूह दर्ता नं.: ६१
  • समूहको विधान संशोधन: २०६३/०६/३०
  • वन हस्तान्तरण मिति: २०६३/०८/११
  • IEE सम्पन्न मिति: २०६८/१०/१५
  • सा.व. दर्ता कोड नं.: NAW/MU/०१/०४
  • वन कार्ययोजना पहिलो संशोधन: २०६८/१०/१२
  • वन कार्ययोजना दोस्रो संशोधन: २०७४/१०/२८
  • चालु कार्ययोजनाको अवधि: आ.व. २०७९/०८० देखि आ.व. ०८८/०८९ सम्म (१० वर्ष)

वन सम्बन्धी विवरण

  • वनको साविक क्षेत्रफल: ४८४.५१ हेक्टर
  • वनको हालको क्षेत्रफल: ९५१.१४ हेक्टर
  • उत्पादनशील क्षेत्रफल: ६६५ हेक्टर
  • खण्ड संख्या: ६
  • वनको किसिम: प्राकृतिक
  • मोहोडा: उत्तरी तथा दक्षिणी
  • भिरालोपना: ५ देखि ४५ डिग्रीसम्म
  • माटो: खैरो, रातो र गेग्रान
  • भू–क्षयको अवस्था: सामान्य
  • उचाइ: २०० देखि ६०० मिटरसम्म
  • औषधीय छत्र घनत्व: ४० देखि ७५ प्रतिशत

वनस्पति तथा जैविक विविधता

  • मुख्य प्रजाति: साल, साज, जामुन, कर्मा आदि
  • अन्य प्रजाति: भलायो, सिगाने, बोटधयरो, क्यामुना, हर्रो, बर्रो, पियारी, चाँप आदि

वन्यजन्तु तथा चराचुरुङ्गी

  • वन्यजन्तु: चितुवा, बाघ, वन बिरालो, बादर, स्याल, मृग, बदेल आदि
  • चराचुरुङ्गी: मयूर, लुईचे, कालिज, सुगा, मैना, तित्रा, ढुकुर, गिद्द, धनेस आदि

वनको औसत मौज्दात

  • रुख: ५४ गोटा/हे.
  • वृद्धि मौज्दात (Growing Stock): १२८.२१ घ.मि./हे.
  • वार्षिक वृद्धि: १.० घ.मि./हे.
  • बिरुवा: १३,१९२ गोटा/हे.
  • पोल: १७२ गोटा/हे.
  • लाथ्रा: १२०३ गोटा/हे.
  • वार्षिक स्वीकार्य कटान परिमाण (रुखबाट): ७७११.३ घ.फि.
  • दाउरा: १७.९६ चट्टा

सामुदायिक वनको चार किल्ला

  • पूर्व: हर्दिकेलादी सामुदायिक वन
  • पश्चिम: देउराली गाउँ
  • उत्तर: कालीगण्डकी नदी
  • दक्षिण: जयश्री खोला

उपभोक्ता तथा सामाजिक विवरण

  • हालसम्म सहभागी घरधुरी संख्या: ३५९
  • सम्पन्नता स्तरीकरण:
    • सम्पन्न: ३६
    • मध्यम: ३२
    • विपन्न: २९१
  • उपभोक्ता जातजाति:
    • ब्रामण/क्षेत्री: ६६
    • जनजाति: २६९
    • दलित: २४
  • कुल जनसंख्या: १६८६
    • पुरुष: ८६३
    • महिला: ८२३

कार्यसमिति तथा कर्मचारी विवरण

  • समितिमा पदाधिकारी संख्या: १९
    • महिला: १४
    • पुरुष: ५
  • कार्यसमिति चयन मिति: २०८१/०६/१०
  • कार्यसमिति चयन विधि: निर्वाचित/सर्वसम्मत
  • कार्यसमिति पदावधि: ३ वर्ष
  • कार्यरत कर्मचारी संख्या: ७ जना (पुरुष)

परिकल्पना
यस सामुदायिक वनलाई दिगो रुपमा व्यवस्थापन गरी भविष्यमा उपभोक्ताहरुको वनपैदावारको मागलाई परिपूर्ति गर्ने, समूहमा सुशासन लागू गर्ने, जैविक विविधता संरक्षण गर्ने, उपभोक्ताहरुको जीविकोपार्जनमा सुधार ल्याउने योजनाहरु सञ्चालन गर्ने, सबै वर्गका उपभोक्ताहरुको अधिकारलाई सुनिश्चित गरी स्रोतमा पहुँच बढाउने साथै पर्यावरणको विकास गरी आर्थिक अवस्थामा टेवा पुऱ्याउने र कार्बन संचितीको भुक्तानी लिने परिकल्पना साथ यस वनको व्यवस्थापन गरिनेछ।

दीर्घकालिन उद्देश्यहरु
> वनलाई विभिन्न वनस्पतीहरुले हराभरा र सुन्दर बनाउने ।
> बहुउपयोगी प्रजातीहरुको बृद्धि तथा विकासमा महत्व दिई महत्वपूर्ण वनस्पती तथा जीवजन्तुको जैविक विविधताको संरक्षण गर्ने ।
> गैर काष्ठ वन पैदावारको संरक्षण, संवर्धन, व्यवस्थापन र सदुपयोग तथा उचित रुपमा विकी वितरण गरी तथा अन्य आयकमूलक कार्यक्रमहरु मार्फत महिला तथा विपन्न उपभोक्ताहरुको जीवनस्तर माथी उठाउने ।
> वनमा कार्बन संचितिमा वृद्धि गर्ने ।
> वन पैदावरमा आधारित उद्यम तथा पर्यापर्यटनको विकास गरी समूहको आम्दानीका स्रोतहरुलाई विविधीकरण गर्ने तथा बढाउने । २०५२

अल्पकालिन उद्देश्यहरु
> बनको संरक्षण, सम्बर्धन तथा व्यवस्थापन गर्ने ।
> बनलाई नकरात्मक असर नपर्ने गरि बनको सदुपायोग गर्ने ।
> प्राकृक्तिक पुनर्जत्पादनलाई बढवा दिदै खाली ठाउँमा वृक्षारोपण गर्ने ।
> सामुदायिक बनमा भएका विभिन्न प्रजातीका गैह्रकाष्ठ वन पैदावारहरुको पहिचान गरी मुख्य ३ नाफामूलक प्रजातीहरुको व्यवसायिक खेती गर्ने ।
> जलवायू परिवर्तनबाट परेका नकारात्मक प्रभावहरुको लेखाजोखा गरी मुख्य ३ नकारात्मक प्रभावहरुबाट बच्न अनुकूलन कार्यक्रमहरुका योजना तयार गरी कार्यान्वयन गर्ने ।

अध्यक्षको मन्तव्य

श्री देउराली सामुदायिक वन उपभोक्ता समूह स्थापना कालदेखि आजसम्मको यात्रामा समूहलाई यस अवस्थासम्म ल्याइपुऱ्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण पूर्व पदाधिकारीहरू, उपभोक्ता सदस्यज्यूहरू तथा सहयोगी संघ–संस्थाहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

कालिगण्डकी नदीको काखमा अवस्थित हाम्रो देउराली सामुदायिक वन प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा हरियाली वातावरणले भरिपूर्ण सामुदायिक सम्पदा हो । वन संरक्षण, वातावरणीय सन्तुलन, गरिब तथा विपन्न वर्गको उत्थान, सामाजिक विकास तथा संस्थागत सुदृढीकरणमा यस समूहले निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

उपभोक्ता महानुभावहरूले प्रदान गर्नुभएको जिम्मेवारीलाई समूहको विधान तथा कार्ययोजना अनुरूप इमान्दारितापूर्वक सञ्चालन गर्दै वन संरक्षणसँगै समुदायको समृद्धिका लागि विभिन्न कार्यक्रम तथा गतिविधिहरू सञ्चालन गरिएको छ । आगामी दिनहरूमा पनि दिगो वन व्यवस्थापन, प्राकृतिक सम्पदाको संरक्षण तथा समुदायको हितका लागि अझ प्रभावकारी रूपमा कार्य गर्ने हाम्रो प्रतिबद्धता रहेको छ ।

समूहका सम्पूर्ण उपभोक्ता सदस्यज्यूहरू, सरोकारवाला निकायहरू तथा सहयोगी हातहरूबाट प्राप्त विश्वास, सहयोग र सुझाव नै हाम्रो मुख्य प्रेरणा हो । यही सहकार्य र एकताका साथ आगामी कार्यक्रमहरूलाई अझ सफल र प्रभावकारी बनाउँदै लैजाने विश्वास व्यक्त गर्दछु ।

अन्त्यमा, यहाँहरूको निरन्तर साथ, सहयोग र सद्भावप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

अध्यक्ष : श्री नर बहादुर मुक्मी मगर 

यस समूहको मिति २०५२ सालमा गठित तदर्थ समितिः-
यस समूहको मिति २०५२ सालमा गठित तदर्थ समितिः-
क्र. सं.पदनाम, थर
अध्यक्षश्री मनवीर थापा
उपाध्यक्षश्री नरबहादुर कुवर
समिति सचिवश्री सुकदेव तिवारी
सचिवश्री सूर्यनाथ तिवारी
कोषाध्यक्षश्री विष्णुप्रसाद रिमाल
सदस्यश्री टेकप्रसाद रिमाल
सदस्यश्री कमान सिं पुलामी
सदस्यश्री डिलमाया गुरुङ
सदस्यश्री भैरव सिंह गुरुङ
१०सदस्यश्री श्रीमाया वि.क.
११सदस्यश्री हर्कबहादुर सुनारी
१२सदस्यश्री दलबहादुर गुरुङ
१३सदस्यश्री दुर्गाबहादुर थापा
१४सदस्यश्री जोखबहादुर भुजेल
१५सदस्यश्री काशिराम सुगुरपाक
१६सदस्यश्री सतमयाँ कुवँर
१७सदस्यश्री प्रेम बहादुर सुनारी
१८सदस्यश्री धनबहादुर आले
१९सदस्यश्री सीताराम ढकाल
२०सदस्यश्री सुकमाया आले
पुर्व कार्यसमिति २०५९/१०/०८ विधान अनुसार
क्र.सं.पदनामथर
अध्यक्षश्री मनविर थापा
उपाध्यक्षश्री नर बहादुर कुवंर
कोषाध्यक्षश्री सूर्यनाथ तिवारी
सचिवश्री ठाकुर प्रसाद रिमाल
सह–सचिवश्री धन बहादुर चितौरे
सदस्यश्री यामकान्त आर्चाय
सदस्यश्री कृष्ण प्रसाद खनाल
सदस्यश्री वाल कुमारी तिवारी
सदस्यश्री सन्त बहादुर गुरुङ
१०सदस्यश्री सुक मायाँ आले
११सदस्यश्री समुन्द्र सुनारी
१२सदस्यश्री पूर्ण मायाँ बि.क.
१३सदस्यश्री प्रेम बहादुर सुनारी
१४सदस्यश्री कमान सिं सुनारी
१५सदस्यश्री सुभान पुलामी
पुर्व कार्यसमिति २०६३/०६/३० को विधान अनुसार
क्र.सं.पदनामथर
अध्यक्षश्री धन बहादुर चितौरे
उपाध्यक्षश्री नर बहादुर कुवंर
सचिवश्री ठाकुर प्रसाद रिमाल
कोषाध्यक्षश्री खड्ग बहादुर सुनारी
सह–सचिवश्री विष्णुहरी अधिकारी
सदस्यश्री श्रीकुमारी बि.क.
सदस्यश्री कुमारी भुजेल
सदस्यश्री आईत मायाँ गुरुङ
सदस्यश्री दुर्गा बहादुर मश्राङ्गि
१०सदस्यश्री हरिलाल थापा
११सदस्यश्री दल बहादुर गुरुङ
१२सदस्यश्री राम बहादुर गुरुङ
१३सदस्यश्री तिर्थ बहादुर राना
१४सदस्यश्री सन्त बहादुर गुरुङ
१५सदस्यश्री ओम बहादुर सारु
१६सदस्यश्री सिता ढकाल
१७सदस्यश्री रेणु मायाँ सुनारी
१८सदस्यश्री सरला न्यौपाने
१९सदस्यश्री अम्बिका अधिकारी
लेखा समिति
क्र.सं.पदनामथर
संयोजकश्री सूर्यनाथ तिवारी
सदस्यश्री यामकान्त आचार्य
सदस्यश्री कृष्ण प्रसाद खनाल
सदस्यश्री पार्वती अधिकारी
सदस्यश्री गोरी मायाँ मोक्मी
सल्लाहाकार उपसमिति
क्र.सं.पदनामथर
संयोजकश्री मनविर थापा मगर
सदस्यश्री सुकदेव तिवारी
सदस्यश्री टेक प्रसाद रिमाल
सदस्यश्री नर बहादुर मुक्मी मगर
सदस्यश्री समुन्द्र सुनारी मगर
सदस्यश्री मन कुमारी सिंजाली मगर
सदस्यश्री सत मायाँ कुंवर
पुर्व कार्यसमिति २०६४ सालमा गठित कार्यसमिति 
क्र.सं. पद नामथर
अध्यक्ष श्री नर बहादुर कुवंर
उपाध्यक्ष श्री खड्ग बहादुर सुनारी
सचिव श्री ठाकुर प्रसाद रिमाल
कोषाध्यक्ष श्री नर बहादुर मुक्मी मगर
सह–सचिव श्री ओम बहादुर थापा
सदस्य श्री टेक प्रसाद रिमाल
सदस्य श्री सूर्यनाथ तिवारी
सदस्य श्री तिर्थ बहादुर राना
सदस्य श्री राम बहादुर गुरुङ
१० सदस्य श्री सिता ढकाल
११ सदस्य श्री अम्बिका अधिकारी
१२ सदस्य श्री श्रीकुमारी बि.क.
१३ सदस्य श्री आईत मायाँ गुरुङ
१४ सदस्य श्री शुष्मा भुजेल
१५ सदस्य श्री मनमति सिंजाली
१६ सदस्य श्री लेख मायाँ दर्लामी
१७ सदस्य श्री गो बहादुर अस्लामी
१८ सदस्य श्री हर्क बहादुर थापा
१९ सदस्य श्री दिल बहादुर सूर्यवंशी
लेखा समिति
क्र.सं. पद नामथर
संयोजक श्री रामचन्द्र रिमाल
सदस्य श्री शम्भु प्रसाद तिवारी
सदस्य श्री मिन बहादुर सिंजाली
सदस्य श्री पार्वती अधिकारी
सदस्य श्री गोरी मायाँ मोक्मी
सल्लाहाकार उपसमिति
क्र.सं. पद नामथर
संयोजक श्री मनविर थापा मगर
सदस्य श्री सुकदेव तिवारी
सदस्य श्री विष्णु प्रसाद रिमाल
सदस्य श्री धन बहादुर चितौरे
सदस्य श्री सत माया कुंवर
सदस्य श्री कृष्ण मायाँ पोख्रेल
सदस्य श्री मिना गुरुङ
अनुगमन उपसमिति
क्र.सं. पद नामथर
संयोजक श्री लोक बहादुर सिंजाली
सदस्य श्री दुर्गा बहादुर मश्राéी
मिति २०६७ मंसिर २५ गते गठित कार्यसमिति
क्र.सं.पदनामथर
अध्यक्षश्री खड्क बहादुर सुनारी
उपाध्यक्षश्री सूर्यनाथ तिवारी
सचिवश्री ठाकुर प्रसाद रिमाल
कोषाध्यक्षश्री ओम बहादुर थापा
सह–सचिवश्री कृष्ण प्रसाद खनाल
सदस्यश्री टेक प्रसाद रिमाल
सदस्यश्री अर्जुन कुमार वाचे
सदस्यश्री कृष्ण बहादुर गुरुङ
सदस्यश्री शुष्मा भुजेल
१०सदस्यश्री लेख मायाँ दर्लामी
११सदस्यश्री मञ्जु नेपाली
१२सदस्यश्री भक्त बहादुर सुनारी
१३सदस्यश्री हस्त बहादुर सुनारी
१४सदस्यश्री श्रीकुमारी बि.क.
१५सदस्यश्री पार्वती अधिकारी
१६सदस्यश्री नर बहादुर थापा
१७सदस्यश्री दल बहादुर गुरुङ
१८सदस्यश्री मनमति सिंजाली
१९सदस्यश्री लोक बहादुर सिंजाली
लेखा समिति
क्र.सं.पदनामथर
संयोजकश्री रामचन्द्र रिमाल
सदस्यश्री मिन बहादुर सिंजाली
सदस्यश्री दुर्गा बहादुर मश्राङ्गि
सल्लाहाकार उपसमिति
क्र.सं.पदनामथर
संयोजकश्री मनविर थापा मगर
सदस्यश्री सुकदेव तिवारी
सदस्यश्री विष्णु प्रसाद रिमाल
सदस्यश्री धन बहादुर चितौरे
सदस्यश्री आईत मायाँ गुरुङ
सदस्यश्री अम्बिका अधिकारी
सदस्यश्री सिता ढकाल
अनुगमन उपसमिति
क्र.सं.पदनामथर
संयोजकश्री नर बहादुर कुवंर
सदस्यश्री नर बहादुर मुक्मी मगर
सदस्यश्री शम्भु प्रसाद तिवारी
मिति २०६८ बैशाख २३ गते गठित कार्यसमिति
क्र.सं.पदनामथर
अध्यक्षश्री धन बहादुर चितौरे
उपाध्यक्षश्री सूर्यनाथ तिवारी
सचिवश्री ओम बहादुर थापा
कोषाध्यक्षश्री मिना गुरुङ
सह–सचिवश्री कृष्ण प्रसाद खनाल
सदस्यश्री टेक प्रसाद रिमाल
सदस्यश्री अर्जुन कुमार वाचे
सदस्यश्री कृष्ण बहादुर गुरुङ
सदस्यश्री शुष्मा भुजेल
१०सदस्यश्री लेख मायाँ दर्लामी
११सदस्यश्री मञ्जु नेपाली
१२सदस्यश्री भक्त बहादुर सुनारी
१३सदस्यश्री हस्त बहादुर सुनारी
१४सदस्यश्री श्रीकुमारी बि.क.
१५सदस्यश्री पार्वती अधिकारी
१६सदस्यश्री नर बहादुर थापा
१७सदस्यश्री दल बहादुर गुरुङ
१८सदस्यश्री मनमति सिंजाली
१९सदस्यश्री लोक बहादुर सिंजाली
लेखा समिति
क्र.सं.पदनामथर
संयोजकश्री रामचन्द्र रिमाल
सदस्यश्री मिन बहादुर सिंजाली
सदस्यश्री दुर्गा बहादुर थापा
सदस्यश्री गोरी मायाँ मोक्मी
सदस्यश्री हरिमाया तिवारी
सल्लाहाकार उपसमिति
क्र.सं.पदनामथर
संयोजकश्री मनविर थापा मगर
सदस्यश्री सुकदेव तिवारी
सदस्यश्री विष्णु प्रसाद रिमाल
सदस्यश्री खड्क बहादुर सुनारी
सदस्यश्री आईत मायाँ गुरुङ
सदस्यश्री अम्बिका अधिकारी
सदस्यश्री सिता ढकाल
अनुगमन उपसमिति
क्र.सं.पदनामथर
संयोजकश्री नर बहादुर कुवंर
सदस्यश्री नर बहादुर मुक्मी मगर
सदस्यश्री शम्भु प्रसाद तिवारी
मिति २०७० साउन ३० गते गठित कार्यसमिति
क्र.सं.पदनामथर
अध्यक्षश्री धन बहादुर चितौरे
उपाध्यक्षश्री टेक प्रसाद रिमाल
सचिवश्री ठाकुर प्रसाद रिमाल
कोषाध्यक्षश्री देउ कुमारी थापा
सह–सचिवश्री तिर्थराज अधिकारी
सदस्यश्री दल बहादुर गुरुङ
सदस्यश्री भक्त बहादुर सुनारी
सदस्यश्री नर बहादुर थापा
सदस्यश्री मञ्जु नेपाली
१०सदस्यश्री श्रीकुमारी बि.क.
११सदस्यश्री पार्वती अधिकारी
१२सदस्यश्री लोक बहादुर सिंजाली
१३सदस्यश्री कृष्ण प्रसाद तिवारी
१४सदस्यश्री शम्भु प्रसाद तिवारी
१५सदस्यश्री विष्णु मायाँ पोख्रेल
१६सदस्यश्री शर्मिला पोख्रेल
१७सदस्यश्री देवसरा पुलामी
१८सदस्यश्री केयर सिं सारु
१९सदस्यश्री ओम बहादुर थापा
लेखा समिति
क्र.सं.पदनामथर
संयोजकश्री बद्रि प्रसाद रिमाल
सदस्यश्री मिना गुरुङ
सदस्यश्री दुर्गा बहादुर थापा
सदस्यश्री मेनका घर्ति मगर
सदस्यश्री कृष्ण मायाँ पोख्रेल
सल्लाहाकार उपसमिति
क्र.सं.पदनामथर
संयोजकश्री मनविर थापा मगर
सदस्यश्री सुकदेव तिवारी
सदस्यश्री विष्णु प्रसाद रिमाल
सदस्यश्री अर्र्जुन कुमार वाचे
सदस्यश्री सूर्यनाथ तिवारी
सदस्यश्री सुष्मा भुजेल
सदस्यश्री मनमति सिंजाली
अनुगमन उपसमिति
क्र.सं.पदनामथर
संयोजकश्री खड्क बहादुर सुनारी
सदस्यश्री सन्त बहादुर गुरुङ
सदस्यश्री दिल बहादुर सूर्यवंशी
सदस्यश्री मिन बहादुर सिंजाली
सदस्यश्री लाल बहादुर सुनारी
मिति २०७२ माघ १७ गते गठित कार्यसमिति
क्र.सं.पदनामथर
अध्यक्षश्री ठाकुर प्रसाद रिमाल
उपाध्यक्षश्री सन्त बहादुर गुरुङ
सचिवश्री मिना गुरुङ
कोषाध्यक्षश्री देवसरा पुलामी
सह–सचिवश्री नर बहादुर थापा
सदस्यश्री पार्वती अधिकारी
सदस्यश्री तारा मायाँ राना
सदस्यश्री तुलि मायाँ पुलामी
सदस्यश्री कृष्ण मायाँ पोख्रेल
१०सदस्यश्री मञ्जु नेपाली
११सदस्यश्री वाल कुमारी तिवारी
१२सदस्यश्री रमेश भुजेल
१३सदस्यश्री मोतिलाल ठाडा मगर
१४सदस्यश्री डिल बहादुर भुजेल
१५सदस्यश्री रेशम बहादुर सुगुरपाक
१६सदस्यश्री चित्र बहादुर ल्हायो
१७सदस्यश्री विर बहादुर गुरुङ
१८मनोनित सदस्यश्री प्यारी मायाँ परियार
१९मनोनित सदस्यश्री विष्णु मायाँ पोख्रेल
लेखा समिति
क्र.सं.पदनामथर
संयोजकश्री बद्रि प्रसाद रिमाल
सदस्यश्री कृष्ण बहादुर बि.क.
सदस्यश्री सुमित्र मिश्र
सल्लाहाकार उपसमिति
क्र.सं.पदनामथर
संयोजकश्री धन बहादुर चितौरे
सदस्यश्री सुकदेव तिवारी
सदस्यश्री विष्णु प्रसाद रिमाल
सदस्यश्री श्रीकुमारी बि.क.
सदस्यश्री रण बहादुर पुलामी
अनुगमन उपसमिति
क्र.सं.पदनामथर
संयोजकश्री नर बहादुर मुक्मी मगर
सदस्यश्री नर बहादुर कुवंर
सदस्यश्री लोक बहादुर सिंजाली
मिति २०७३ पुष २१ गते गठित कार्यसमिति
क्र.सं.पदनामथर
अध्यक्षश्री ठाकुर प्रसाद रिमाल
उपाध्यक्षश्री सन्त बहादुर गुरुङ
सचिवश्री सुनिता गुरुङ
कोषाध्यक्षश्री देवसरा पुलामी
सह–सचिवश्री नर बहादुर थापा
सदस्यश्री पार्वती अधिकारी
सदस्यश्री तारा मायाँ राना
सदस्यश्री तुलि मायाँ पुलामी
सदस्यश्री कृष्ण मायाँ पोख्रेल
१०सदस्यश्री मञ्जु नेपाली
११सदस्यश्री वाल कुमारी तिवारी
१२सदस्यश्री रमेश भुजेल
१३सदस्यश्री मोतिलाल ठाडा मगर
१४सदस्यश्री डिल बहादुर भुजेल
१५सदस्यश्री रेशम बहादुर सुगुरपाक
१६सदस्यश्री चित्र बहादुर ल्हायो
१७सदस्यश्री विर बहादुर गुरुङ
१८मनोनित सदस्यश्री प्यारी मायाँ परियार
१९मनोनित सदस्यश्री विष्णु मायाँ पोख्रेल
लेखा समिति
क्र.सं.पदनामथर
संयोजकश्री बद्रि प्रसाद रिमाल
सदस्यश्री कृष्ण बहादुर बि.क.
सदस्यश्री सुमित्र मिश्र
सल्लाहाकार उपसमिति
क्र.सं.पदनामथर
संयोजकश्री धन बहादुर चितौरे
सदस्यश्री सुकदेव तिवारी
सदस्यश्री विष्णु प्रसाद रिमाल
सदस्यश्री श्रीकुमारी बि.क.
सदस्यश्री रण बहादुर पुलामी
अनुगमन उपसमिति
क्र.सं.पदनामथर
संयोजकश्री नर बहादुर मुक्मी मगर
सदस्यश्री नर बहादुर कुवंर
सदस्यश्री लोक बहादुर सिंजाली
मिति २०७५ मंसिर १७ गते गठित कार्यसमिति
क्र.सं.पदनामथर
अध्यक्षश्री नर बहादुर कुवंर
उपाध्यक्षश्री लोक बहादुर सिंजाली
सचिवश्री देवसरा पुलामी
कोषाध्यक्षश्री बद्रि प्रसाद रिमाल
सह–सचिवश्री शम्भु प्रसाद तिवारी
सदस्यश्री टेक प्रसाद रिमाल
सदस्यश्री कृष्ण मायाँ पोख्रेल
सदस्यश्री रेशम भुजेल
सदस्यश्री रेशम थापा
१०सदस्यश्री डिल बहादुर भुजेल
११सदस्यश्री चाल मायाँ पुलामी
१२सदस्यश्री तुलि मायाँ पुलामी
१३सदस्यश्री राम बहादुर गुरुङ
१४सदस्यश्री मिनु परियार
१५सदस्यश्री नर बहादुर थापा
१६सदस्यश्री सुमित्र मिश्र
१७सदस्यश्री पार्वती अधिकारी
१८मनोनित सदस्यश्री ठाकुर प्रसाद रिमाल
१९मनोनित सदस्यश्री नर बहादुर मुक्मी मगर
लेखा समिति
क्र.सं.पदनामथर
संयोजकश्री सूर्यनाथ तिवारी
सदस्यश्री दुर्गा बहादुर थापा
सदस्यश्री शर्मिला ढकाल
सल्लाहाकार उपसमिति
क्र.सं.पदनामथर
सदस्यश्री धन बहादुर चितौरे
सदस्यश्री सन्त बहादुर गुरुङ
सदस्यश्री ओम बहादुर थापा
सदस्यश्री वाल कुमारी तिवारी
सदस्यश्री रण बहादुर पुलामी
अनुगमन उपसमिति
क्र.सं.पदनामथर
संयोजकश्री कृष्ण बहादुर बि.क.
सदस्यश्री अर्जुन कुमार वाचे
सदस्यश्री डिल मायाँ आले
सदस्यश्री पञ्च मायाँ गुरुङ
सदस्यश्री सुरज पोख्रेल
मिति २०७८ पुष १६ गते गठित कार्यसमिति
क्र.सं.पदनामथर
अध्यक्षश्री नर बहादुर मुक्मी मगर
उपाध्यक्षश्री एक बहादुर गुरुङ
सचिवश्री कृष्ण मायाँ पोख्रेल
कोषाध्यक्षश्री कृष्ण बहादुर बि.क.
सह–सचिवश्री जित बहादुर गुरुङ
सदस्यश्री नर बहादुर थापा
सदस्यश्री डिल्लिराम अधिकारी
सदस्यश्री कृष्णबिर गुरुङ
सदस्यश्री शर्मिला ढकाल
१०सदस्यश्री मिनु परियार
११सदस्यश्री पञ्च मायाँ गुरुङ
१२सदस्यश्री शान्ति खण्डलुक
१३सदस्यश्री भिम कुमारी परियार
१४सदस्यश्री मोति मायाँ पुलामी
१५सदस्यश्री कल्पना गुरुङ
१६सदस्यश्री मनिषा पौडेल
१७सदस्यश्री इन्द्रलाल भुजेल
१८मनोनित सदस्यश्री लोक बहादुर सिंजाली
१९मनोनित सदस्यश्री तिर्थराज अधिकारी
लेखा समिति
क्र.सं.पदनामथर
संयोजकश्री ठाकुर प्रसाद रिमाल
सदस्यश्री सृजना सुनारी
सदस्यश्री श्रीमायाँ गुरुङ
सल्लाहाकार उपसमिति
क्र.सं.पदनामथर
सदस्यश्री धन बहादुर चितौरे
सदस्यश्री नर बहादुर कुवंर
सदस्यश्री ओम बहादुर थापा
सदस्यश्री टेक प्रसाद रिमाल
सदस्यश्री देवसरा पुलामी
अनुगमन उपसमिति
क्र.सं.पदनामथर
संयोजकश्री डिल बहादुर भुजेल
सदस्यश्री विष्णुहरी अधिकारी
सदस्यश्री तुलि मायाँ पुलामी
सदस्यश्री जित कुमारी सिंजाली
सदस्यश्री चन्द्र मायाँ बि.क.
मिति २०७९ मंसिर २४ गते गठित कार्यसमिति
क्र.सं. पद नामथर
अध्यक्ष श्री नर बहादुर मुक्मी मगर
उपाध्यक्ष श्री एक बहादुर गुरुङ
सचिव श्री कृष्ण मायाँ पोख्रेल
कोषाध्यक्ष श्री कृष्ण बहादुर बि.क.
सह–सचिव श्री शम्भु प्रसाद तिवारी
सदस्य श्री नर बहादुर थापा
सदस्य श्री डिल्लिराम अधिकारी
सदस्य श्री कृष्णबिर गुरुङ
सदस्य श्री शर्मिला ढकाल
१० सदस्य श्री मिनु परियार
११ सदस्य श्री पञ्च मायाँ गुरुङ
१२ सदस्य श्री शान्ति खण्डलुक
१३ सदस्य श्री भिम कुमारी परियार
१४ सदस्य श्री मोति मायाँ पुलामी
१५ सदस्य श्री कल्पना गुरुङ
१६ सदस्य श्री मनिषा पौडेल
१७ सदस्य श्री इन्द्रलाल भुजेल
१८ मनोनित सदस्य श्री लोक बहादुर सिंजाली
१९ मनोनित सदस्य श्री तिर्थराज अधिकारी
लेखा समिति
क्र.सं. पद नामथर
संयोजक श्री ठाकुर प्रसाद रिमाल
सदस्य श्री सृजना सुनारी
सदस्य श्री श्रीमायाँ गुरुङ
सल्लाहाकार उपसमिति
क्र.सं. पद नामथर
सदस्य श्री धन बहादुर चितौरे
सदस्य श्री नर बहादुर कुवंर
सदस्य श्री ओम बहादुर थापा
सदस्य श्री टेक प्रसाद रिमाल
सदस्य श्री देवसरा पुलामी
अनुगमन उपसमिति
क्र.सं. पद नामथर
संयोजक श्री डिल बहादुर भुजेल
सदस्य श्री विष्णुहरी अधिकारी
सदस्य श्री तुलि मायाँ पुलामी
सदस्य श्री जित कुमारी सिंजाली
सदस्य श्री चन्द्र मायाँ बि.क.
Scroll to Top