Deurali Ban Logo
श्री देउराली सामुदायिक वन उपभोक्ता समूह

गैंडाकोट-३, ढोडेनी, नवलपरासी पूर्व

Nepali Flag

ऐतिहासिक घटनास्थल अवलोकन तथा स्मरण कार्यक्रम सम्पन्न

आज माघ ०२ गतेका दिन श्री देउराली सामुदायिक वन उपभोक्ता समूह का लागि ऐतिहासिक तथा संवेदनशील दिनका रूपमा स्मरण गरिएको छ ।

वि.सं. २०६० साल माघ ०२ गते समूहको कार्यसमिति, उपसमिति तथा उपभोक्ता सदस्यहरू गस्तीमा रहेको समयमा कुवादी भन्ने स्थानमा वन तस्करद्वारा गरिएको अवैध काठ कटानीको घटनासँग सम्बन्धित दुखद प्रसंग आज पुनः स्मरण गरिएको हो । उक्त घटनाका क्रममा तस्कर समूहले गस्ती टोलीमाथि निर्घात आक्रमण गरी घाइते बनाएको थियो । यद्यपि गस्ती टोलीले साहस र संयमता प्रदर्शन गर्दै आफ्नो ज्यान जोगाउन सफल भएको थियो ।

आज सोही घटनास्थलमा तत्कालीन गस्ती टोलीका सदस्यहरू, गैंडाकोट नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष, वर्तमान कार्यसमिति, उपसमिति, कर्मचारी तथा उपभोक्ता सदस्यहरूको संयुक्त सहभागितामा स्थल अवलोकन तथा अध्ययन गरिएको छ ।

कार्यक्रमले वन संरक्षणका क्रममा भोग्नुपरेका चुनौती, संघर्ष र बलिदानको स्मरण गर्दै भविष्यमा अझ सजग, संगठित र जिम्मेवार ढंगले वन संरक्षण कार्यलाई अघि बढाउने प्रेरणा प्रदान गरेको छ ।

📌 तत्कालीन गस्ती टोली सदस्यहरू:

मनबिर थापा सुनारी, सुकदेब तिवारी, नर बहादुर कुवर, ठाकुर प्रसाद रिमाल, शोभाखर पोख्रेल, विष्णु प्रसाद पोख्रेल, हर्क बहादुर गुरुङ, मेख बहादुर गुरुङ, बलराम पौडेल, तिर्थराज अधिकारी, कृष्ण प्रसाद खनाल, नर बहादुर मुक्मी मगर, ताल बहादुर थापा, डिठा सुनारी, विष्णुहरि आचार्य, दुर्गा बहादुर थापा, चित्र बहादुर ल्हाँयो ।

यस ऐतिहासिक घटनाले वन संरक्षणमा समुदायको साहस, समर्पण र एकताको महत्वलाई अझ स्पष्ट बनाएको छ ।

Scroll to Top