२४ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न
मिति २०८२ असोज २३ गते, विहिबारका दिन श्री देउराली सामुदायिक वन उपभोक्ता समूह को २४ औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरिएको छ ।
उक्त सभामा समूहका अध्यक्ष श्री नर बहादुर मुक्मी मगर ज्यूको अध्यक्षता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि श्री डिभिजन वन कार्यालय नवलपुर, नवलपरासी (ब.सु.पू.) का डिभिजनल वन अधिकृत वसन्त केशब अधिकारी ज्यू रहनुभएको थियो ।
त्यसैगरी विशिष्ट अतिथिहरूमा श्री गैडाकोट नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्री शिवकान्त तिवारी ज्यू तथा सव–डिभिजन वन कार्यालय गैडाकोटका वन अधिकृत श्री सन्तोष मिश्र ज्यूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडा सदस्यज्यूहरू, संस्थापकज्यूहरू, पूर्व अध्यक्षज्यूहरू, छिमेकी सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरू, टोल विकास संस्था, विभिन्न संघ–संस्था, कार्यालयका अध्यक्ष तथा प्रतिनिधिहरू, कार्यसमिति, लेखा समिति, विभिन्न उपसमिति तथा सम्पूर्ण उपभोक्ता सदस्यज्यूहरूको सक्रिय सहभागिता रहेको थियो ।

सभामा संस्थाको वार्षिक प्रगति समीक्षा, आर्थिक विवरण प्रस्तुत तथा आगामी वर्षका कार्यक्रमहरूबारे छलफल गरी महत्वपूर्ण निर्णयहरू गरियो ।
यस अवसरमा उपस्थित सम्पूर्ण महानुभावहरूको सक्रिय सहभागिता, सुझाव तथा सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो ।