वार्षिक साधारण सभा सम्बन्धी सूचना
श्री सम्पूर्ण उपभोक्ता सदस्य ज्यूहरू ।
प्रस्तुत बिषयको सम्बन्धमा यस श्री देउराली सामुदायिक वन उपभोक्ता समूह गैडाकोट ३. ढोडेनीको २५ औं वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थान मा सम्पन्न गरिने भएकाले यहाँहरुको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
तपसिल :
मितिः- २०८३ भदौ १६ गते मङ्गलबार ।
समयः- विहान १० : 00 बजे
स्थानः- वहुउद्देशिक सभाहल गैडाकोट-३. ढोडेनी, नवलपरासी (ब.सु.पू.)
छलफलका बिषयहरू :
आ.व.०८२/०८३ को कार्यप्रगती प्रतिवेदन प्रस्तुत।
आ.व.०८२/०८३ को लेख परिक्षण प्रतिवेदन प्रस्तुत।
आ.व.०८३/०८४ को प्रस्तावित नीति कार्यक्रम तथा कार्यक्रम प्रस्तुत ।
आ.व.०८३/०८४ को वन पैदावार सदुपयोग र बिक्रि माग सम्बन्धमा ।
आ.व.०८३/०८४ को लेखा परिक्षक नियुक्ति सम्बन्धमा ।
⇨ आन्तरिक लेखा समितीको प्रतिवेदन प्रस्तुत ।
⇨ अनुगमन तथा मूल्याङ्कन उप समितीको प्रतिवेदन प्रस्तुत ।
> साधारण सभाको अन्तिम निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधी चयन सम्बन्धमा ।
“रुख रोपौँ वन जोगाऔं”
https://deuraliban.org.np ☑ Deuraliban052@gmail.com