अवलोकन तथा निरीक्षण कार्यक्रम सम्पन्न
आज मिति २०८२ चैत २६ गते श्री देउराली सामुदायिक वन उपभोक्ता समूह मा वन क्षेत्रको अवलोकन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा वन निर्देशनालय गण्डकी प्रदेशका वन निरीक्षक श्री अशोक कुमार श्रेष्ठ ज्यू, उपसचिव श्री करुण कार्की ज्यू तथा उहाँहरूको मातहतका कर्मचारीज्यूहरूको उपस्थिति रहेको थियो । साथै सव–डिभिजन वन कार्यालय गैडाकोटका वन अधिकृत श्री सन्तोष मिश्र ज्यू तथा रेञ्जर श्री संगित पराजुली ज्यू समेतको सक्रिय सहभागिता रहेको थियो ।
निरीक्षणका क्रममा समूहको हालसम्मको कार्यप्रगति, वन संरक्षण गतिविधिहरू, तथा भावी योजनाहरूका बारेमा पदाधिकारीहरूसँग विस्तृत छलफल तथा भलाकुसारी गरिएको थियो ।