Deurali Ban Logo
श्री देउराली सामुदायिक वन उपभोक्ता समूह

गैंडाकोट-३, ढोडेनी, नवलपरासी पूर्व

Nepali Flag
🔥 अग्निरेखा सफाइ तथा डढेलो न्यूनीकरण कार्य सम्पन्न — अग्निरेखा सफाइ तथा डढेलो न्यूनीकरण कार्य सम्पन्न ३० चैत्र २०८२, सुख्खा मौसम तथा गर्मी बढेसँगै वन क्षेत्रमा डढेलो लाग्ने जोखिम उच्च हुने भएकाले श्री देउराली सामुदायिक वन उपभोक्ता समूह द्वारा विशेष सतर्कता अपनाइएको छ । वन क्षेत्रको सुरक्षा तथा सम्भावित डढेलो न्यूनीकरण गर्ने उद्देश्यले समूहले ब्लोअर मेसिनको प्रयोग गरी अग्निरेखाहरू (fire lines) सफा गर्ने कार्य सम्पन्न गरेको छ । यस कार्यमार्फत सुख्खा पात, झारपात तथा दहनशील पदार्थहरू हटाई वनलाई सुरक्षित बनाउने प्रयास गरिएको हो । यस अभियानले वन क्षेत्रभित्र आगलागी फैलिने जोखिम घटाउनुका साथै वन संरक्षणमा समुदायको सक्रिय सहभागिता र जिम्मेवारीलाई अझ मजबुत बनाएको छ । 👉 हाम्रो वन, हाम्रो जिम्मेवारी👉 सुरक्षित वन, सुरक्षित भविष्य

Dhodeni

Scroll to Top