प्रथम पटक प्रकाशित मिति : २०८३/०४/०१ गते
श्री सम्पूर्ण उपभोक्ता सदस्य ज्यूहरु ।
बिषय : उपभोक्ता सदस्यता तथा नविकरण सम्बन्धमा ।
प्रस्तुत बिषयको सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहको कार्यसमितिको वैठ्क मिति २०८३/०४/०१ गते शुक्रबारका दिन बसेको वैठकको निर्णय अनुसार समूहको उपभोक्ता सदस्यहरुको एकाघर परिवारबाट छुट्टाभिन्न भई यस समूहको सदस्य बन्न चाहेमा र यसै समूहको क्षेत्र भित्र नयाँ बसाई सरी आएकाहरु समेत उपभोक्ता सदस्य बन्न चाहेमा तपसिल वमोजिमको कागजात सहित समूहको कार्यालयमा मिति २०८३ साउन ०४ गते देखि २०८३ साउन २९ गते कार्यालय समय सम्म निवेदन पेश गर्नुहुन र उपभोक्ता सदस्यहरुको आ.व.०८३/०८४ को नविकरण गर्ने कार्य मिति २०८३ साउन ४ गते देखि २०८३ साउन २९ गते कार्यालय समय सम्म गरिने भएको हुँदा तपसिल वमोजिमको कागजात सहित तोकिएको नविकरण शुल्क तिरी समयमानै नविकरण गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
क) छुट्टाभिन्न भई नयाँ उपभोक्ता सदस्य वन्नका लागि आवश्यक कागजातहरु ।
- छुट्टाभिन्न दिने घरमुलिको सदस्य कार्डको प्रतिलिपी १
- छुट्टाभिन्न भई नयाँ सदस्य बन्ने व्यक्तिको नागरिकताको प्रतिलिपी १
- सहायक सदस्यको नागरिकताको प्रतिलिपी १
- सदस्य बन्ने व्यक्तिको पासपोर्ट साईजको फोटो २ र सहायक सदस्यको पासपोर्ट साईजको फोटो २
- परिवारको सदस्यहरुको अधावधिक विवरण भर्न नेपाल सरकारबाट प्रमाणित कागजपत्रहरु जुन कुनै । –
- सदस्यता शुल्क समूहको संसोधित विधान २०८१ अनुसार हुनेछ ।
ख) बसाई सरी आएका नयाँ उपभोक्ता सदस्य वन्नका लागि आवश्यक कागजातहरु ।
- जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी १
- समूहको कार्यक्षेत्र भित्र हुनुपर्ने
- नागरिकताको प्रतिलिपी १
- सहायक सदस्यको नागरिकताको प्रतिलिपी १
- बसाई सराई दर्ता प्रमाण पत्र प्रतिलिपी १
- सदस्य बन्ने व्यक्तिको पासपोर्ट साईजको फोटो २ र सहायक सदस्यको पासपोर्ट साईजको फोटो २
- परिवारको सदस्यहरुको अधावधिक विवरण भर्न नेपाल सरकारबाट प्रमाणित कागजपत्रहरु जुन कुनै ।
- सदस्यता शुल्क समूहको संसोधित विधान २०८१ अनुसार हुनेछ ।
ग) नविकरण गरी पारिवारिक अधावधिक विवरण भर्नका लागि आवश्यक कागजातहरु ।
- ग्राहक कार्ड।
- उपभोक्ता सदस्यको नागरिकता अनिवार्य ।
- परिवारको सदस्यहरुको अधावधिक विवरण भर्न नेपाल सरकारबाट प्रमाणित कागजपत्रहरु जुन कुनै ।
- विधान वमोजिम तोकिएको नविकरण शुल्क रु ११०।-
- गत आ.व.हरुमा नविकरण गर्न बाँकी रहेको उपभोक्ता सदस्यहरुको प्रत्येक आ.व. को विलम्ब शुल्क लाग्ने छ ।
नोट :-
पारिवारिक विवरण सहित अधावधिक विवरण भरि उपभोक्ता सदस्यता कार्ड पाउनुभएका उपभोक्ता सदस्यज्यूहरुले भने पारिवारिक विवरण भर्न नपर्ने ।