Deurali Ban Logo
श्री देउराली सामुदायिक वन उपभोक्ता समूह

गैंडाकोट-३, ढोडेनी, नवलपरासी पूर्व

Nepali Flag
२५औँ वार्षिक साधारण सभा सम्पन्न — २५औँ वार्षिक साधारण सभा सम्पन्न आज मिति २०८३ भदौ १६ गते मंगलबार श्री देउराली सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारण सभा भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। समूहका अध्यक्ष श्री नर बहादुर मुक्मी मगर ज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय, नवलपुर, नवलपरासी (ब.सु.पू.) का डिभिजनल वन अधिकृत श्री विष्णु प्रसाद अधिकारी ज्यूको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी गैँडाकोट नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष श्री शिवकान्त तिवारी ज्यू र सब–डिभिजन वन कार्यालय, गैँडाकोटका वन अधिकृत श्री सन्तोष मिश्र ज्यूको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा विभिन्न जनप्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरू, समूहका कार्यसमिति सदस्यहरू, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरू र उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सभामा समूहको वार्षिक प्रगति, वन संरक्षण तथा व्यवस्थापन, उपभोक्ताको हित, वातावरण संरक्षण, सामाजिक तथा आर्थिक विकासलगायतका विविध विषयमा छलफल गरिएको थियो। साथै आगामी दिनमा सामुदायिक वनको दिगो व्यवस्थापन, संरक्षण तथा विकासका लागि आवश्यक योजना र कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। समूहको २५औँ वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण अतिथिज्यूहरू, जनप्रतिनिधिज्यूहरू, संघ–संस्थाका प्रतिनिधिहरू, कार्यसमिति तथा उपसमितिका पदाधिकारी एवं सदस्यहरू र सम्पूर्ण उपभोक्ताहरूमा श्री देउराली सामुदायिक वन उपभोक्ता समूह हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।

वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

आज श्री देउराली सामुदायिक वन उपभोक्ता समूह को सभाहलमा वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

उक्त कार्यक्रम सव–डिभिजन वन कार्यालय गैडाकोटका वन अधिकृत श्री सन्तोष मिश्र ज्यूको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा वन डढेलोका कारण, जोखिम, नियन्त्रणका उपाय तथा समुदायको भूमिकाबारे विस्तृत रूपमा जानकारी तथा सचेतना प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा अध्यक्ष श्री शेखकान्त तिवारी ज्यूको विशेष उपस्थिति रहेको थियो । उहाँले वन संरक्षण तथा डढेलो नियन्त्रणमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

सहभागीहरूले वन संरक्षणप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै डढेलो नियन्त्रणमा सामूहिक प्रयास आवश्यक रहेको धारणा राखेका थिए ।

यस प्रकारका सचेतनामूलक कार्यक्रमहरूले वन संरक्षण, वातावरणीय सन्तुलन तथा दिगो वन व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

Scroll to Top