Deurali Ban Logo
श्री देउराली सामुदायिक वन उपभोक्ता समूह

गैंडाकोट-३, ढोडेनी, नवलपरासी पूर्व

Nepali Flag
२५औँ वार्षिक साधारण सभा सम्पन्न — २५औँ वार्षिक साधारण सभा सम्पन्न आज मिति २०८३ भदौ १६ गते मंगलबार श्री देउराली सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारण सभा भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। समूहका अध्यक्ष श्री नर बहादुर मुक्मी मगर ज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय, नवलपुर, नवलपरासी (ब.सु.पू.) का डिभिजनल वन अधिकृत श्री विष्णु प्रसाद अधिकारी ज्यूको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी गैँडाकोट नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष श्री शिवकान्त तिवारी ज्यू र सब–डिभिजन वन कार्यालय, गैँडाकोटका वन अधिकृत श्री सन्तोष मिश्र ज्यूको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा विभिन्न जनप्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरू, समूहका कार्यसमिति सदस्यहरू, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरू र उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सभामा समूहको वार्षिक प्रगति, वन संरक्षण तथा व्यवस्थापन, उपभोक्ताको हित, वातावरण संरक्षण, सामाजिक तथा आर्थिक विकासलगायतका विविध विषयमा छलफल गरिएको थियो। साथै आगामी दिनमा सामुदायिक वनको दिगो व्यवस्थापन, संरक्षण तथा विकासका लागि आवश्यक योजना र कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। समूहको २५औँ वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण अतिथिज्यूहरू, जनप्रतिनिधिज्यूहरू, संघ–संस्थाका प्रतिनिधिहरू, कार्यसमिति तथा उपसमितिका पदाधिकारी एवं सदस्यहरू र सम्पूर्ण उपभोक्ताहरूमा श्री देउराली सामुदायिक वन उपभोक्ता समूह हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।

अग्निरेखा सफाइ तथा डढेलो न्यूनीकरण कार्य सम्पन्न

३० चैत्र २०८२, सुख्खा मौसम तथा गर्मी बढेसँगै वन क्षेत्रमा डढेलो लाग्ने जोखिम उच्च हुने भएकाले श्री देउराली सामुदायिक वन उपभोक्ता समूह द्वारा विशेष सतर्कता अपनाइएको छ ।

वन क्षेत्रको सुरक्षा तथा सम्भावित डढेलो न्यूनीकरण गर्ने उद्देश्यले समूहले ब्लोअर मेसिनको प्रयोग गरी अग्निरेखाहरू (fire lines) सफा गर्ने कार्य सम्पन्न गरेको छ । यस कार्यमार्फत सुख्खा पात, झारपात तथा दहनशील पदार्थहरू हटाई वनलाई सुरक्षित बनाउने प्रयास गरिएको हो ।

यस अभियानले वन क्षेत्रभित्र आगलागी फैलिने जोखिम घटाउनुका साथै वन संरक्षणमा समुदायको सक्रिय सहभागिता र जिम्मेवारीलाई अझ मजबुत बनाएको छ ।

👉 हाम्रो वन, हाम्रो जिम्मेवारी
👉 सुरक्षित वन, सुरक्षित भविष्य

Scroll to Top